सोमबार, आषाढ ०४, २०८१
Monday, June 17, 2024

काठमाडाैं – केहि साता अघि सार्वजनिक गरिएको ‘लालुमै’ बोलको गीतले अत्याधिक दर्शकहरुको साथ पाउन सफल भएको छ । विष्णु माझी र सन्दिप न्यौपानेले गएको यो गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिष अविरलले गरेका हुन् ।

यूट्यूवमा हालसम्म ४२ लाख दर्शकहरु पाइसकेको भने यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा पच्चीस हजार भन्दा धेरै ब्यातिहरुले भिडियो बनाइसकेका छन् । सानो बजारमा छोटो समयमै गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफूलाई हौसला मिलेको बताउछन् ।

लोक शैलीको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का फिचार्ड छन् । भिडियोमामा राजेश घिमिरेको छायाँकन, पुष्पा बर्माको ड्रेस , सृष्टि थापा मगर र रोशन भुसालको मेकअप र विष्णु शर्माको सम्पादन छ ।

तपाईको प्रतिक्रिया