Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘बर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गरेको एनसीसीएस-सिप्यान क्रिकेट अवार्डमा सन्दीप उत्कृष्ट चुनिदै ‘बर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् ।

यस अवार्ड जित्ने क्रममा लेग स्पिनर सन्दीपले कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी,करण केसी र सोमपाल कामीलाई पछि पारे । बर्ष क्रिकेट खेलाडी अवार्डसंगै सन्दीपले नगद १ लाख ३२ हजार प्राप्त गरेका छन् । सन्दीप अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन् । उनको यस अवार्ड कप्तान पारसलाई प्रदान गरिएको थियो ।

नेपाली क्रिकेटको ग्लोबल आईकन सन्दीपले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली र टी-ट्वान्टी फ्रेन्चाइज लिगमा उनको प्रदर्शन उच्च रहेको छ । सन्दीप अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी हुन् । १० महिना अघि भारतको इण्डियन प्रिमिएर लिग (आईपीएल) बाट ठुला टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका सन्दीपले नाम चलेका ठुला प्रतियोगितामा कमाल देखाईसकेका छन् ।

तपाईको प्रतिक्रिया