Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – चितवनकाे रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म पाँच करोड ५० लाख सङ्कलन भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिनुभएको हो ।

धुर्मुस-सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि तीन अर्ब लाग्ने जनाएको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको उहाँले जानकारी दिनुभयो । चितवनवासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उहाँले बताउनभयो । ‘रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ।

रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उहाँले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताउनुभयो । आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको छ । अध्यक्ष कट्टेलले हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको बताउनुभयो । समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागी रहेको बताउँदै उहाँले यसपछि यही कामबाट अन्य काम गर्ने बताउनुभयो ।

अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । ‘विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ’, उहाँले भन्नुभयो । रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उहाँको भनाइ थियो । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताउनुभयो । एक महीना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि धुर्मुस- सुन्तली फाउण्डेशनसँग जग्गा सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया