Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज क्वेटा ग्लाडियटर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

युएईको सारजाहमा लाहोर क्वालेण्डर्स र क्वेटा ग्लाडियटर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

ग्लाडियटर्सविरुद्ध सन्दीप टोलीमा पर्ने सम्भावना बलियो रहेको छ । किनकी डेब्यु खेलमा सन्दीपले तीन विकेट लिईसकेका छन् ।  मुल्तान सुल्तानविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिएका थिए ।

सन्दीपको डेब्यु खेलमा क्वालेण्डर्सले ६ विकेटको जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया