Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – भरतपुरको चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्र्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताउनुभएकाे हाे ।

केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको यो रङ्गशाला अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ । रङ्गशाला निर्माणका लागि अहिले धुर्मुस-सुन्तली फाउन्डेसनले आर्थिक सहयोग संकलन गरिरहेको छ । चितवनको भरतपुरमा निर्माण हुने यो रङ्गशालाको लागि फिल्डको काम सुरु भईसकेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चितवनको रामपुरमा शाखा कार्यालय समेत सञ्चालन गरिसकेको छ ।

बहुउद्देश्यीय यो रङ्गशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपूर्ण खेलहरु समेत यसमा खेल्न सकिनेछ । यो परियोजना शिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया