Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं अष्ट्रियाकी विदेशमन्त्री करिन– अष्ट्रियाको विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज बिहीबार अपराह्न राजधानी आइपुगेकी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आएकी उनले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिन नेपाल आएकी हुन्।

नेपाल बसाइमा विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

विदेश मन्त्री करिनसँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरू पनि आएका छन्। विदेश मन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ।

अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत् विकास, साँस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ।

विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया