Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । विश्व सम्पदा सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र त्यहीबमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।

उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गर्नुभएको थियो ।अहिलेसम्म नेपालका साँस्कृतिक र प्राकृतिक सम्पदा गरी विश्व सम्पदा सूचीमा सूचीकृत भएका १० वटा क्षेत्रहरुमा पशुपतिनाथ मन्दिर, स्वम्भूनाथ स्तुपा, बौद्धनाथ स्तुपा, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण मन्दिर लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

तपाईको प्रतिक्रिया