Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले तीन वर्षभित्र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्ने बताउनुभएकाे छ । आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले ३ वर्ष भित्र काठमाडौं उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाउनुभएकाे हाे ।

त्यसका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको मन्त्री विश्वकर्माको भनाइ छ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सो रंगशाला निर्माणका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको छ । मन्त्री विश्वकर्माले सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक योजना पनि तय गरिएको जानकारी दिनुभयाे । उहाँले खेल प्रशिक्षकलगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिनुभयाे ।

सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी कामलाई अघि बढाएको दावी पनि गरेको छ ।

तपाईको प्रतिक्रिया