Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

मैदान हिलो भएका कारण ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देही १०६ रनमा अल आउट भएको थियो । रुपन्देहीका लागि सुमित महर्जन र विनोद भण्डारीले क्रमश ३३ र २४ रनको योगदान गरे । बाबर हायातले १९ रन जोड्दा विक्रम सोबले ११ रनको पारी खेले ।

अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा रुपन्देहीका चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

प्रतियोगिताबाट बाहिरिसकेका धनगढीका लागि कप्तान सोमपाल कामी, विपिन खत्री र पवन शर्राफले २–२ विकेट लिए ।

तपाईको प्रतिक्रिया