Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – युरोपा लिग फुटबलमा इङ्लिस क्लब चेल्सी विजयी हुँदा आर्सनल पराजित भएको छ ।

गएराति भएको नकआउट चरणको पहिलो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मोलाई २–१ ले हरायो ।

चेल्सीका लागि ओलिभर जिरु र रोस बार्क्लेले एक–एक गोल गरे ।

गत आइतबार भएको प्रिमियर लिगको खेलमा म्यान्चेस्टर सिटीसँग ६–० ले हारेको चेल्सीलाई गएरातिको जितपछि केही राहत मिलेको छ ।

युरोपा लिगमा गएराति आर्सनललाई भने बेलारुसको बाते बोरिसोभले १–० ले पराजित गर्‍यो ।

खेलमा आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

युरोपा लिग फुटबलकै अन्य खेलमा स्पेनको सेभियाले इटालीको लाजियोलाई १–० ले हराउँदा भ्यालेन्सियाले सेल्टिकमाथि २–० को तथा भियारियालले स्पोर्टिङमाथि १–० को जित निकाल्यो ।

यसैगरी ईटालीको नापोलीले स्विट्जरल्याण्डको एफ.सी. ज्यूरिचलाई ३–१ ले हराउँदा ईन्टर मिलानले अस्ट्रियाको र्‍यापिड वेईनलाई १–० ले पराजित गर्‍यो ।

तपाईको प्रतिक्रिया