Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – धनगढी प्रिमियर लिग अन्तर्गत काठमाण्डाै गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई एक सय ३६ रनको लक्ष्य दिएको छ । फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनाए ।

आज पनि कमजोर सुरुवात गरेको काठमाणडाै आठ रन बनाउँदा दुई विकेट गुमाएको थियो । उनका दुवै ओपन गौरव तमोर एक र अनिलकुमार शाह ६ रनमा आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल पनि १४ रनमा पेभेलियन फर्किएपछि काठमाण्डाै ३७ रनमा तेस्रो विकेट गुमायो ।

काठमाण्डाै विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५८ रन बनाउँदा अरु दुई विकेट गुमाउन पुग्यो । महबुब आलम १३ रनमा पेभेलियन फर्किए भने सोनु तामाङ मात्र एक रनमा बाहिरिए । अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धसतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए ।

अंकितले अविजित ६६ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजित २२ रनको योगदान गरे । बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया