Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – हिरो गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज (बुधबार) ईरानसंग प्रतिस्पर्धा गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा दिउँसो सवाँ ४ बजे सुरु हुनेछ ।

चार टोली सहभागि प्रतियोगिताका शीर्ष दुई टिम फाईनल प्रवेश गर्नेछन् । म्यानमार ६ अंक सहित शीर्ष स्थानमा छ । नेपाल ३ अंक सहित दोस्रो र भारत तेस्रो स्थानमा छ । ईरान अंक विहिन छ ।

नेपाललाई प्रतियोगिताको फाईनल प्रवेश गर्ने अवसर प्राप्त छ । तर नेपालको सम्भावना भारत र म्यानमारबीचको खेलको नतिजाले प्रभावित पार्नेछ । नेपाल जितले मात्र हैन, हारले समेत फाईनल पुग्ने सम्भावना उत्तिकै छ ।

नेपाल फाईनल पुग्ने समिकरण :

समिकरण एक : नेपालले जितेको खण्डमा ।

म्यानमार र भारत बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोल अन्तरमा म्यानमारलाई हराएमा नेपाल फाईनल पुग्न सक्छ ।

समिकरण दुई : नेपालले हारेको खण्डमा ।

म्यानमारले भारतलाई हराएर सानो गोल अन्तरका आधारमा ईरानसंग हारेमा पनि नेपाल फाईनल पुग्न सक्छ ।

तपाईको प्रतिक्रिया