Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि–क्वाटरफाइनलका खेल सुरु भएका छन् ।

गएराति भएका पहिलो लेगका खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र ए.एस. रोमा विजयी भएका छन् ।

फ्रान्सको पिएसजीले इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा २–० ले हरायो । पाहुना टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे ।

राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा ईटालीको ए.एस रोमाले पोर्चुगलको एफ.सी पोर्टोलाई २–१ ले हरायो ।

ईटालीमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन दुबै गोल निकोलो जानिलोले गरे । पोर्टोका लागि एड्रियान लोपेजले एक गोल फर्काए ।

रोमा र पोर्टो तथा म्यान्चेस्टर युनाइटेड र पि.एस.जी.बिचको दोस्रो लेगको खेल आगामी मार्च ७ तारिखमा हुनेछ । च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् ।

आज नदेरल्याण्ड्सको आयाक्स र स्पेनको रियाल मड्रिड भिड्दा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले जर्मनीको बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया