Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – इंग्लिस फुटबल टिमका पूर्व कप्तान तथा स्टार खेलाडी डेविड बेक्ह्यामको मूर्ति अर्को महिना अमेरीकाको एल ए ग्लालेक्सीले सार्वजनिक गर्ने भएको छ ।

४३ वर्षीय बेक्ह्यामले ६ वर्ष मेजर लिग सकर(एमएलएस) खेल्दा एल ए ग्यालेक्सीले दुई पटक उपाधि जितेको थियो । सन् २००७ मा अमेरीकी फुटबलमा अनुबन्ध भएका उनले २०११ र २०१२ मा लगतार दुई पटक उपाधि जितेका थिए ।

इन्टर मायामी क्लबका मालिकसमेत रहेका बेक्ह्यामको सम्मानमा एल ए ग्यालेक्सीले मूर्ति सार्वजनिक गर्न लागेको हो । बेक्ह्यामले खोल्न लागेको नयाँ क्लब २०२० सम्म शीर्ष लिग खेल्ने बताइएको छ ।

एमएलएसको इतिहासमा कुनै क्लबले मूर्ति बनाएको यो पहिलो पटक हो ।

म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व खेलाडी बेकह्यामको मूर्ति मार्च दुईमा सार्वजनिक गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया