Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – टी-२० क्रिकेटको वरीयतामा नेपालले ४ वटा देशलाई पछि पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको नयाँ  वरीयतामा नेपाल १४औँ स्थानमा छ । नेपालले टी-२० वरीयतामा आयरल्याण्ड, ओमन, हङकङ, यूएईलाई पछि पारेको हो ।

नेपालले यूएईविरुद्धको टी-२० र एकदिवसीय सिरिज जितेको थियो । त्यही नतिजाका आधारमा ४ टिमलाई पछि पार्न सफल नेपालले   टी-२० वरीयतामा ४३ रेटिङ पाएको छ ।  एकदिवसीयमा भने नेपाल १५औँ स्थानमा यथावत छ । १४ औँ स्थानमा रहेको यूएईसँग समान १५ रेटिङ भए पनि प्वाइन्ट्सका आधारमा नेपाल पछि परेको हो ।

टी-२० को शीर्ष स्थानमा पाकिस्तान र एकदिवसीयको शीर्ष स्थानमा भारत छ । खेलाडीतर्फ टी-२० वरीयतामा नेपालका कप्तान पारस खड्काले एक स्थान सुधार गरेका छन् । यस महिना पारस ९६औँ स्थानमा छन् । अघिल्लो महिना उनी ९७ औँ स्थानमा थिए ।

तपाईको प्रतिक्रिया