Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेडले लिभरपुललाई बराबरीमा रोकेको छ ।

गएराति लण्डनस्थित वेष्टह्यामको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिए ।

तर यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे । खेल १–१ गोलको बराबरीमा टुंग्याउदै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

प्रिमियर लिग फुटबलमा २५ खेलबाट ६२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ५७ अंकका साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।

चौथो स्थानको चेल्सीको ५० अंक रहँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौ तथा ४७ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया