Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेका राष्ट्रिय टोलीका खेलाडीलाई सदस्यलाई जनही पाँच लाख रुपैयाँ दिन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरेको छ ।

राखेपले युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारलाई सिफारिस गरेको हो । टिमका प्रशिक्षकलाई तीन लाख र अन्य सदस्यलाई जनहीँ दुई लाख रुपैयाँ प्रदान गर्न सरकारलाई सिफारिस गरिएको राखेप सदस्यसचिव केशव विष्टले जानकारी दिनुभयाे ।

नेपालले यूएईसँगको एकदिवशीय र टीट्वेन्टी दुवै शृंखला जितेर ऐतिहाँसिक सफलता हात पारेको थियो । यी दुवै स्वरुपमा नेपालले पहिलोपटक शृंखला जितेको हो । नेपालले गत वर्षमात्र एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।

तपाईको प्रतिक्रिया