Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – यूएईविरुद्ध एकदिवसीय र टी-२० शृंखला जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले पारस खड्का नेतृत्वको टोलीलाई स्वागतका लागि विमानस्थलमा रातो कार्पेट ओछ्याएको हो । विमानस्थलमा ओर्लिएपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमै ओडिआई इन्टरनेशनल म्याच गराउने गरी अघि बढ्नुपर्ने बताउनुभयाे । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशव कुमार बिष्ट, उपाध्यक्ष पिताम्बर तिमल्सिनासहितले स्वागत गर्नुभयाे ।

नेपाली टोलीले आइतवार भएको टी-ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा घरेलु टोली यूएईलाई १४ रनले पराजित गर्दै पहिलो टी-ट्वेन्टी श्रृंखला आफ्नो पक्षमा पारेको थियो । यसअघि यूएईविरुद्धकै तीन खेलको वान डे श्रृंखला पनि आफ्नो पक्षमा पार्दै नेपाली टोलीले इतिहास रचेको थियो । यूएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज दुवै २-१ ले आफ्नो पक्षमा पारेको थियो । दुवै श्रृंखला सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई श्रृंखला जितेको थियो ।

नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज हो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो । आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । यस्तै नेपालले दुई खेलको टी-ट्वान्टी सिरिजपछि पहिलो पटक टी-ट्वान्टी सिरिज जित्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया