Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा म्यानचेस्टर सिटीलाई विजयी गराउन सर्जियो अगुएरोले ह्याट्रिक गरे । आर्सनलका लागि फ्रेन्च डिफेन्डर लरेन कोसेल्नीले एक गोल फर्काए ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० ले हरायो । युनाइटेडलाई जित दिलाउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे ।

गएरातिको जितसँगै म्यान्चेस्टर सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ५७ अंक छ ।

५० अंकसहित चेल्सी चौथो स्थानमा उक्लिँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौं तथा ४७ अंकसहित आर्सनल छैटौं स्थानमा छन् ।

तपाईको प्रतिक्रिया