Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा सबै विकेट गुमाउँदै  १०७ रन बनायो ।

 यूएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । यूएईका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।  यूएईलाई सस्तैमा समेट्न नेपालका अविनास बोहराले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी  र सोमपाल कामीले २/२ विकेट लिए । नेपालविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा युएई १-० ले अघि छ ।

पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । आज नेपाल जित निकाल्दै सिरिज १-१ को बराबरी गर्न चाहन्छ । पहिलो टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो खेलमा पराजय व्यहोरेमा नेपालले एक खेल अगाबै सिरिज गुमाउनेछ । जित निकाले पहिलो टी-ट्वान्टी सिरिज जित्ने आशा कायम रहनेछ ।

टी-ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी-ट्वान्टी सिरिज जित्न सकेको छैन् । यसपटक नेपालले अर्को इतिहास रच्ने मौका हुनेछ ।

तपाईको प्रतिक्रिया