Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले कसिलो बलिङ गरिरहेको छ । नेपालले १०.३ ओभरमा पाँचौ सफलता हात पारेको छ । नेपालका लागि करन केसीले युएईका मोहम्मद बोतालाई आउट गर्दै पाँचौ सफलता दिलाएका हुन् ।

११ रन बनाएका बोता क्याच आउट भएका हुन् । यसअघि सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका छन् । सोमपाल कामीले सुरूवाती दुई-दुई ओभरमा लगातार लगातार २ विकेट लिएपछि तेस्रो विकेटका लागि छैठौं  ओभरसम्म पर्खनुपर्‍यो । नेपालका लागि तेस्रो सफलता सन्दीप लामिछानेले दिलाए । लामिछानेले युएईका साइमन अनवारलाई १४ रनमा आउट बनाए ।

पहिलो ओभरमै विकेट लिएका सोमपालले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा पनि विकेट लिएका थिए । कामीले पहिलो ओभरको अन्तिम बलमा आस्फाक अहमदलाई ४ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए । अहमदलाई उपकप्तान  ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । यस्तै तेस्रो ओभरमो तेस्रो बलमा युएईका गुलाम सहबर ६ रनमा आउट भए । उनलाई विकेट किपर प्रदीप ऐरीले क्याच गरे ।

तीन टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको नेपालले सिरिजमा रहिरहन आजको खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा सुरूवाती र मिडिल अर्डर राम्रोसँग चल्न नसक्दा पराजित हुनु परेको नेपालका लागि आजको खेलमा यो गल्ति सच्याउँदै मौका समेत हुनेछ ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेलमा नेपाली टोलीले आज दुई परिवर्तन गरेको छ । टोलीमा बसन्त रेग्मी र रोहित पौडेलको स्थानमा पवन सर्राफ र ललितनारायण राजवंशीलाई मौका दिइएको छ ।

तपाईको प्रतिक्रिया