Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं –  भुकम्प अर्थात् भुइँचालो एक प्राकृतिक प्रकोप हो । नेपालको इतिहासमा १९९० भदौ १२ र माघ २ मा विनाशकारी भूकम्प गयो । त्यस्तै, ०४५ भदौ ५ तथा ०७२ वैशाख १२ र २९ गतेको भूकम्प अहिलेको पुस्तामा पनि ताजै छ । यी तीनवटै भूकम्प नेपालमा गएका ठूला भूकम्प मानिन्छन् । यी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति पु-याएको थियो । त्यसो त माघ महिना भूकम्प दिवसको महिना पनि हो । यसै सन्दर्भमा हामीले भूकम्पबारे जानकारी दिने कोसिस गरेका छौँ ।

बच्ने उपाय
– भूकम्पबाट मुख्य बच्ने उपाय भनेकै जानुभन्दा अगाडि गनुपर्ने पूर्वतयारी हो । भूकम्पले नभई हाम्रा कमजोर संरचनाले जनधनको क्षति गर्ने गर्छन् । तसर्थ, घर, सभागृह, मन्दिर, विद्यालयलगायत मानवनिर्मित संरचना भूकम्पप्रतिरोधी तथा बलियो बनाउन अत्यावश्यक छ ।
– प्राविधिकको सल्लाह लिएर सुरक्षित घर बनाउने, पुरानो घर भए मर्मत–सम्भार गर्ने, भारी सामान घरभित्र भए तिनलाई नहल्लिने गरी वा बाँधेर राख्ने गर्नुपर्छ ।
– विषादी र प्रज्वलनशील पदार्थलाई सुरक्षित ठाँउमा राख्नेजस्ता सावधानी अपनाएमा भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
– भूकम्प जतिवेला पनि आउन सक्ने भएकाले पूर्वतयारी गरी कसरी यसरी जोगिन सक्छु भन्ने धारणा बनाउन अनिवार्य छ । यदि, भूकम्प आइहालेमा आफू भएको स्थान र सुरक्षित स्थानबारे जानकारी हुनुपर्छ । जस्तै, घरसँगै कार्यालय, विद्यालय, बाटो, सुपरमार्केट आदिजस्ता आफू गइरहने ठाउँका सुरक्षित स्थानबारे सधैँ हेक्का राख्नुपर्छ ।
– भूकम्प आउँदा सावधानी अपनाउनेबारे फुर्सदको समयमा अभ्यास गर्न सकिन्छ । यसले भूकम्पबारे ज्ञान बढाउनुका साथै डराउने, आत्तिनेजस्ता समस्या समेत कम गराउँछ ।
– यदि ठूलो भूकम्प आइहालेमा के गर्ने भन्नेबारे घर–छिमेक र समाजमा छलफल गर्नुपर्छ । त्यस्तै, हरेक स्कुलमा बालबालिकालाई यसका बच्ने उपायबारे ज्ञान दिन अनिवार्य छ ।
– भूकम्प जतिवेला पनि आउन सक्छ भन्ने बुझेर आपत्कालीन (इमेर्जेन्सी)का लागि अत्यावश्यक सामानको झोला सधैँ तयार राख्नुपर्छ । जस्तै, टर्च, रेडियो, फोन, खानेकुरा उक्त झोलामा राख्दा विपत्का वेला ठूलो फाइदा पुग्छ ।
– भूकम्प आइसकेपछि सुरक्षित स्थान अर्थात् खुला ठाउँमा जानुपर्छ । नडराई र नआत्तीकन सूचना दिने, अरूलाई सहयोग गर्ने, घाइतेलाई सुरक्षित स्थानमा जान सहयोग गर्ने गर्नुपर्छ ।
– ड्राइभिङ गर्दा भूकम्प आए सोही ठाउँमा एक छिन अडिएर सुरक्षित स्थानमा जानुपर्छ । बाटो, सडकमा भएमा पोल, ठूला होर्डिङ बोर्ड र घरका छेउमा बस्नुहुँदैन । घरभित्र भएमा सामान झरेर नभेट्ने खुल्ला ठाउँमा तुरुन्त जानुपर्छ ।
– भूकम्प आउँदा डराउने र आत्तिने गर्नाले झनै जोखिम हुने गर्छ । पर्याप्त ज्ञानको कमीका कारण यस्तो भएको हो । तसर्थ, सबै मानिसले भूकम्पबारे जानकारी लिन जरुरी छ । यसले आममानिसमा डर हटाउँछ र आपत्कालीन स्थितिमा पनि भूकम्पबाट जोगिन सकिन्छ ।

आउने  संकेत यस्ता 
भूकम्प कतिवेला, कत्रो जान्छ भन्ने ठ्याक्कै अनुमान लगाउन सकिँदैन । यद्यपि, विनाकारण कुकुर भुक्नु, चराचुरुंगी एकाएक कराउनु, गाईबस्तु आत्तिनु आदि अस्वाभाविक अवस्थालाई भूकम्प जान सक्ने  संकेत मानिन्छ ।

तपाईको प्रतिक्रिया