Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने पक्का भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउन लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा भोलि राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भएको छ ।

दिउँसो १ बजे हुने कार्यक्रममा भरतपुर महानगरपालिका र फाउण्डेसनबीच निर्माण सम्झौतासमेत हुने भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका -१५मा निर्माण हुनेछ । भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको हो ।

तपाईको प्रतिक्रिया