Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– भारतीय क्रिकेटर अम्बाती रायडूमाथि अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ।

क्रिकेटको सर्वोच्च संस्था इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)ले खराब बलिङ एक्सनका कारण रायडूमाथि प्रतिबन्ध लगाएको हो।

गएको जनवरी १२ मा अष्ट्रेलियासँग भएको एकदिवशीय खेलमा रायडूको बलिङ एक्सनलाई लिएर रिपोर्ट गरिएको थियो। सो खेल भारतले जितेको थियो।

आफूमाथि लागेको आरोपका बारेमा स्पष्टीकरण दिन दिइएको १४ दिनभित्र रायडूले चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै उनलाई प्रतिबन्ध लगाइएको आइसिसीले जनाएको छ।

‘रायडूको बलिङ एक्सनमाथि अनुसन्धान हुनेछ, सोपश्चात् उनी बलिङ गर्न उपयुक्त छन् या छैनन् भन्ने यकिन हुनेछ’, आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो समयसम्म उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न रोक लगाइन्छ।’

तर, रायडूले भारतको घरेलु क्रिकेटमा भने बलिङ गर्न पाउने आइसिसीले जनाएको छ। भारतीय क्रिकेट टिमका पार्ट टाइम बलर रायडू मुलतः ब्याट्सम्यान हुन्। उनी केही दिनअघि मात्रै सकिएको अष्ट्रेलियासँगको एकदिवशीय क्रिकेट प्रतियोगितामा भारतीय टिममा थिए। सो शृंखला भारतले जितेको थियो।

अहिले भारतले न्युजिल्यान्डसँग ५ म्याचको एकदिवशीय क्रिकेट नै खेलिरहेको छ। शृंखलामा २ म्याच खेल्न बाँकी रहँदै भारतले शृंखला कब्जा गरिसकेको छ।

तपाईको प्रतिक्रिया