Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ । दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा घरेलु टोलीविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो । नेपाली टोलीमा सन्दीप जोराले डेब्यु गरेका छन् ।

नेपालको लागि यस खेल निकै महत्वपुर्ण रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाल जित निकाल्दै ऐतिहासिक सफलता पाउने योजनामा छ । नेपालले आज युएईलाई हराए पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ ।

अघिल्ला दुई खेल सकिदा नेपाल र युएईबीचको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा बनाउनेछ । युएईलाई हराउन सके नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिजको स्वाद चाख्ने छ ।

युएईलाई पन्छाउनु नेपाललाई कठिन चुनौती भने छ । तर, नेपाल युएईविरुद्धको दोस्रो खेलको जितले हौसिएको छ । पहिलो एकदिवसीयमा खराब प्रदर्शन गरेको नेपाल घरेलु टोलीसंग ३ विकेटले पराजित भएको थियो । तर, शनिबार भएको दोस्रो खेलमा नेपालले युएईमाथि १४५ रनको शानदार जित निकालेको थियो ।

दोस्रो खेलमा नेपालको ब्याटिङ र बलिङ प्रदर्शन निकै उत्कृष्ट रहेको थियो । नेपाललाई पहिलो एकदिवसीय सिरिज जित्न शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नु पर्नेछ । दोस्रो एकदिवसीय नेपालको ओपनिङ ब्याटिङ र मध्ये क्रमको ब्याटिङ चलेको थियो ।

नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको थियो । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको  सर्वाधिक ठुलो योगफल समेत हो । उक्त खेलमा युवा स्टार रोहित कुमार पौडेलले कीर्तिमानसहित अर्धशतक बनाएका थिए ।

रोहितले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सर्वाधिक कम उमेरको खेलाडीको कीर्तिमानी बनाएका थिए । यस्तै ओपनर बलर सोमपाल कामीले पाँच विकेट लिएका थिए । युएईलाई सस्तैमा सोमपालले ६ ओभर ३ बल बलिङ गर्दै ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

सोमपाल एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बनेका थिए ।  नेपालले घरेलु टोलीसंग एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

तपाईको प्रतिक्रिया