Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – स्पेनिस ला–लिगा फुटबलमा गएराति बार्सिलोना र रियाल मड्रिडले सहज जित निकालेका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनामाथि २–० को जित निकाल्यो । खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी र नेल्सनले एक–एक गोल गरे ।

गएराति भएको अर्को खेलमा रियाल मड्रिडले ईस्पानियोलमाथि ४–२ को जित निकाल्यो । रियालका लागि करिम बेन्जमाले दुई गोल गर्दा सर्जियो रामोस र ग्यारेथ बेलले एक–एक गोल गरे ।

खेलको अन्त्यमा राफेल भारानेले रातो कार्ड खाएपछि रियाल मड्रिड १० जनामा समेटिएको थियो । ला लिगाकै अन्य खेलहरुमा रियाल भालाडोलिडले सेल्टा भिगोलाई २–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रियाल बेटिसलाई १–० ले पाखा लगायो ।

गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २१ खेलबाट ४९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

समान खेलबाट ४४ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल मड्रिडको ३९ अंक छ ।

तपाईको प्रतिक्रिया