Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – कोपा अमेरिका कप दक्षिण अमेरिकी महादेश स्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।

साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले यसअघि दक्षिण अमेरिकी क्षेत्रमा आबद्ध १० देशलाई मात्र समेटेर प्रतियोगिता आयोजना गर्दथ्यो ।

कहिले काँही आयोजकले कोन्मेबोल बाहेकका देशलाई आगन्तुक अथिति टोलीको रुपमा पनि सहभागि गराउँदै आएको छ ।

यसपटक आयोजकले दक्षिण अमेरिकी क्षेत्रबाहिरका अन्य ६ देशलाई अतिथि टोलीको रुपमा सहभागी गराउने निर्णय गरेको थियो । जसमा एसियन र उत्तर अमेरिकाबाट तीनतीन टोली राख्ने बताईएको थियो ।

तर, आयोजकले पछि अघिल्लो निर्णयलाई खारेज गर्यो र सहभागी टोली १२ बनाउने र अथिति टोलीको रुपमा एसियाबाट कतार र जापानलाई खेलाउने निर्णय गर्यो । कतार सन् २०२२ को फिफा विश्वकप आयोजकको हैसियतमा कोपा अमेरिकाको आथिति टोली बन्यो । जापान एसियाको भाग्यमानी अथितिको सूचीमा दरियो ।

यद्यपी जापानले यसअघि सन् १९९९ को कोपा अमेरिका कपमा पनि अथिति टोलीको रुपमा भाग लिइसकेको छ । एसियाबाट कोपा अमेरिकामा कतारको पहिलो सहभागिता रहनेछ भने जापान दोस्रो पटक प्रतिस्पर्धा गर्दैछ । यसपटक आयोजकले उत्तर अमेरिकालाई मौका दिएको छैन ।

यसअघि उत्तर अमेरिकी क्षेत्रबाट मेक्सिकोले सँधै मौका पाउने गरेको थियो । मेक्सिकोले १० पटक र अमेरिकाले चारपटक प्रतियोगिता खेलेका थिए । एसियाबाट जापान र कतारको प्रवेशसँगै शुक्रबार ब्राजिलमा सहभागी १२ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ‘ए’ बाट ब्राजिल, पेरु, भेनेज्वेला र बोलिभियाले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ बाट अर्जेन्टिना, कोलम्बिया, पराग्वे र कतारबीच भिडन्त हुनेछ । समूह ‘सी’ मा उरुग्वे, चिली, जापान, र इक्वेडर छन् । ४६औं संस्करणको कोपा अमेरिका आगामी जुन १४ देखि ब्राजिलमा हुँदैछ ।

तपाईको प्रतिक्रिया