Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा पुगेको छ । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जीत दर्ता गर्दै आयोजक यूएई सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

यूएईलाई सेमिफाइनलमा पुर्‌याउनका लागि अलि अहमेद मब्खाउटको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ६८औं मिनेटमा अलिले गोल गर्दै यूएईलाई अग्रता दिलाएका थिए ।

बाँकी समयमा अष्ट्रेलिया खेलमा फर्किन नसक्दा पराजित भयो ।

यूएई सेमिफाइनलमा पुगेसँगै एएफसी एसियन कपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलमा तीनवटा खाडी मुलुक पुगेका छन् । यसअघि इरान र कतार पनि सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलमा पुग्ने अर्को मुलुक जापान हो ।

अब सेमिफाइनलमा यूएईले कतारसँग प्रतिस्पर्धा गर्नेछ भने इरानको भेट जापानसँग हुनेछ ।

तपाईको प्रतिक्रिया