Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुवातमै पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य रनमा गुमाएको छ ।
ज्ञानेन्द्रलाई मोहमद नाभिदले पहिलो ओभरको चौथो बलमा क्याच आउट गरे । ज्ञानेन्द्र आउट भएपछि क्रिजमा कप्तान पारस खड्का आएका छन् । उनलाई ओपनर बिनोद भण्डारीले साथ दिईरहेका छन् ।
नेपालले पाँच ओभर सकिदा १ विकेट गुमाएर १२ रन जोडेको छ । नेपालको सिनियर टोली र एकदिवसीय क्रिकेटमा पवन सर्राफले डेब्यु गरेका छन् । यस्तै विनोद भण्डारी र ललित नारायण राजबंशीले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन् ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
तपाईको प्रतिक्रिया