Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – के नायग्रा फल्स अहिलेसम्म पूर्ण रुपमा जमेको छ ? पढ्नुहोस् सन् १८४८ मा के भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकाको उत्तर पूर्वमा रहेको विश्व प्रसिद्ध नायाग्रा फल्सका विभिन्न भाग कम तापक्रमका कारण जमेर हिउँले ढाकिएका छन् । नायाग्रा फल्स नायाग्रा नदीमा बनेको तीन झरनाको समूह हो जसमा एक क्यानडाको ओन्टोरियामा पर्छ भने दुई अमेरिकाको न्यूयोर्कमा छन् ।

यो झरना गोट द्वीपका कारण दुई भागमा बाँडिएका छन् । क्यानडामा भएको झरनालाई हार्सयू फल्स भनिन्छ जबकी अमेरिकामा भएको झरनालाई अमेरिकन फल्स र ब्राइडल वेल फल्स भनिन्छ । यी झरना यति सुन्दर छन् कि हरेक वर्ष लाखौं पर्यटक यो हेर्न आउँछन् ।

१२ हजार वर्षअघि विस्कोन्सिन हिमनदी पग्लिएका कारण यी झरना बनेका थिए । यो हिमनदीकै कारण यहाँ नर्थ अमेरिकन ग्रेट लेक्स र नायाग्रा नदी बने । सन् १८८० देखि नै यी फल्सको पानी प्रयोग गरेर बिजुली उत्पादन गर्ने योजना सुरु भएको थियो ।

नायाग्रा पावर स्टेशनमा पैदा हुने बिजुलीमाथि अमेरिकाका विभिन्न कारखाना निर्भर छन् । सन् १९६१ मा अमेरिका र क्यानडाबीच पानीको विभाजनका लागि सन्धी भएको थियो र बिजुलीको उत्पादनका लागि धेरै पानी दिनेमा सहमती बनेको थियो । त्यसपछि यहाँ १९.५ लाख किलोवाटको बिजुली संयंत्र लगाइयो । त्यतिबेला त्यो धर्तीको पश्चिमी हिस्साको सबैभन्दा ठूलो हाइड्रो–इलेक्ट्रिक प्रोजेक्ट थियो ।

माइनस तापक्रममा पनि थुप्रै पर्यटक नायाग्रा फल्स हेर्न आउँछन् । नायाग्रा फ्रन्टियर डट कमका अनुसार सन् १८२० मा फल्स हेर्न आउने पर्यटकका लागि तीन होटल हुन्थ्यो र पर्यटकलाई आकर्षित गर्नका लागि विशेष कार्यक्रमको आयोजना गर्दथे । यीमध्ये एक खेल झरनामाथि राखिएको डोरीमा सन्तुलन बनाएर हिँड्ने पनि हुन्थ्यो ।

साधारण दिनमा नायाग्रा नदीको पानी हरियो रङको देखिन्छ । नदीभित्रका स–साना ढुङ्गा र पानीमा भएको नुनका कारण नदीको रङ हरियो भएको अनुमान गरिन्छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार नायाग्रा फल्सको पानी अहिलेसम्म एकपटक मात्र पूर्ण रुपमा जमेको थियो । त्यतिबेला साँच्चै नै झरनाबाट पानी झर्न बन्द भएको थियो । सन् १८४८ को मार्च ३० मा झरनाबाट पानी झर्न बन्द भएको थियो जसका कारण झरनाको तल्लो भाग पूर्ण रुपमा सुकेको थियो । त्यतिबेला मानिसहरु निकै डराएका थिए किनभने कारखानाबाहेक खेती र अन्य प्रयोजनका लागि पनि नदीको पानी प्रयोग हुन्थ्यो । पछि थाहा भयो कि दक्षिण पश्चिमको हावाका कारण पोखरीमा भएको बरफ बगेर उत्तरपूर्व तिर रहेको झरनाको मुखमा आएर अड्किएको थियो जसका कारण पानीको बहाव रोकिएको थियो ।

त्यतिबेला पानीको बहाव ३० घण्टासम्म रोकिएको थियो । तर मार्च ३१ को राती झरनाको मुखमा भएको बरफ बिस्तारै हट्यो र नायाग्रा फल्सबाट एकैपटक अत्यधिक पानी नदीमा खस्न थाल्यो ।

यी तस्बिर गत वर्ष जनवरी २ को हो जब नायाग्रा फल्सका केही हिस्सा जम्न थालेको थियो । हरेक वर्ष यही बेला संसारका यी इलाका चिसो आँधीसँग जुध्छ जसका कारण तापक्रम शून्यबाट झर्छ । त्यसकारण नायाग्रा फल्सको वरिपरिको पानी पनि बरफ बन्न थाल्छ । यद्यपी, पूरा झरना नै भने कहिले पनि जमेको छैन ।

तपाईको प्रतिक्रिया