Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कर छली गरेको आरोपमा पूर्वनिर्धारित १८.८ मिलियन युरो जरिवाना र २३ महिना जेल सजाय तिर्न सहमत भएका छन् । तर स्पेनिस कानुन अनुसार रोनाल्डो जेल भने जानु पर्ने छैन ।

स्पेनिस कानुनअनुसार रोनाल्डोबाट भएको अपराध हिंसात्मक नभएको र पहिलो पटक अपराधी ठहर भइ दुई वर्षसम्म जेल सजाय सुनाइएका व्यक्तिले जेलमा बस्नु पर्दैन । हाल युभेन्टसबाट फुटबल खेलिरहेका रोनाल्डोले रियल मड्रिडमा रहेको बेला कर छली गरेको अदालतले फैसला गरेपछि उनलाई सजाय सुनाइएको हो । स्पेनको राजधानी मड्रिडको अदालतमा सुनुवाइका क्रममा कालो पहिरनमा आएका रोनाल्डोले मिडियाबाट बच्न न्यायाधीशलाई कारमार्फत अदालत प्रवेश गर्न वा भिडियो कन्फरेन्समार्फत अदालतमा सुनुवाइ गर्न अनुमति मागेका थिए ।

तर अदालतले रोनाल्डोको प्रस्ताव अस्वीकार गरेपछि उनी हिड्दै अदालत परिसर प्रवेश गरेका थिए । फैसलाअघि नै रोनाल्डोलाई कर छली गरेको आरोपमा दोषी ठहर गरिने पक्का भएको र उनले जरिवाना र जेल सजायसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कुरा बाहिरिएको थियो । रोनाल्डोले यो सम्झौतामा हस्ताक्षर गर्नुपूर्व नै १३.५ मिलियन युरो जरिवाना तिरिसकेको बताइएको छ । पाँच पटक ब्यालोन डीओर जितेका रोनाल्डाले सन् २०१० देखि २०१४ सम्म रियल मड्रिडबाट फुटबल खेल्दा कर छली गरेको आरोप लगाइएको थियो ।

फोर्ब्सकाअनुसार रोनाल्डोको प्रति वर्ष आय १०८ मिलियन अमेरिकी डलर रहेको छ । स्पेनमा कर छलीको आरोपमा अदालतले फुटबल स्टारहरु लियोनल मेसी, नेमार, मार्सेलो भिएरालाई दोषी ठहर गरी जेल र जरिवाना सुनाइ सकेको छ । यद्यपि दुई वर्षभन्दा कम सजाय पाएकाले दोषी ठहर भएका कुनैपनि फुटबल खेलाडी जेल जान परेको छैन ।

तपाईको प्रतिक्रिया