Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार-९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नारासाथ ‘क्रस-कन्ट्री दौड प्रतियोगिता-२०७५’ हुने भएको छ । आजआयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख सल्लाहकार एवं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेका युथ को-अर्डिनेटर लालबहादुर गुरुङले ग्रामीण क्षेत्रमा राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता आयोजना गर्न सकिने सूचना अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा पर्यटन विकास र प्रवद्र्धनको लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने हामीले विश्वास लिएका छौँ ।” नयाँ पुस्ता आफ्नै गाउँदेखि बेखबरमात्रै भएनन्, इतिहास र आफ्नो धरातल बिर्सिंदै जाने क्रम बढेकाले सबैको ध्यान तान्न प्रतियोगिता गर्न लागेका उहाँको भनाइ थियो । प्रतियोगिता सम्पन्न भएसँगै भविष्यमा साइकल रुट निर्माण गरी साइकिलिङ गर्ने, पौडी पोखरी निर्माण गरी प्रतियोगिता आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताका बेला स्थानीय सोरठी, घाँटु, कौरा, चुड्का, सालैजोलगायतका स्थानीय झाँकी प्रदर्शन हुने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार क्रसकन्ट्री दौड १४ किमी (२१ वर्षमुनिका) र ३१ किमी (खुला) दुई समूह बिहान ९ बजे शुरु हुनेछ । पुतलीबजार-९ कोल्मा बराहचौरबाट शुरु भई पुतलीबजार-८, शुक्लागण्डकी-९ तनहुँ र बिरुवा गाउँपालिका-४ बाट पुतलीबजार-९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार, तृतीयलाई रु १० हजार पुरस्कार दिइनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई ५० हजार, द्धितीयलाई ४० हजार, तृतीय हुनेलाई ३० हजारको पुरस्कार दिइनेछ ।

तपाईको प्रतिक्रिया