Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – बंगलबादेशमा जारी बंगलादेश प्रिमियर लिग र अष्ट्रेलियामा जारी बिग बास लिगका केही खेल खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सोमबार स्वदेश  फर्किएका छन् । भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप स्वदेश फर्किएका हुन् ।

बंगलादेशमा सिलेट सिक्सर्सबाट बीपीएलका ६ खेल खेलेर सन्दीप सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनले सिलेटका लागि ६ खेलबाट ४ विकेटसमेत लिए । आगामी १३ गतेदेखि नेपालले गर्ने युएई भ्रमणको लागि सन्दीप आएका हुन् । युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान ३-३ एकदिवसीय र टी- ट्वान्टी सिरिज खेल्नेछ । नेपाली टोली मंगलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बंगलादेशअघि अघि सन्दीप अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न गएका थिए । मेलबर्न स्टार्सबाट बिग ब्यासमा सुरूवाती चार खेल खेलेका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएका थिए । अब सन्दीप यदि बंगलादेशमा उनको टिम सिक्सर्स अघिल्लो चरण प्रवेश गरेमा मात्र बिपिएलका लागि जानेछन् अन्यथा युएई सिरीज पछि बिग ब्यासमा लिगका केही खेल खेल्न सिधै अस्ट्रेलिया प्रस्थान गर्नेछ्न् ।

बीपीएल भन्दा बीबीएल लामो समय चल्ने भएकाले सिलेट प्लेअफ नपुगेमा सन्दीप अष्ट्रेलिया जाने सम्भावना छ । यदि बीबीएलमा सन्दीपको टिम स्टार्स प्लेअफसम्म पुगेमा सन्दीप अष्ट्रेलिया जानेछन् । बीपीएलमा सिलेट सिक्सर्स प्लेअफ नपुगेमा सन्दीपले अष्ट्रेलिया गएर स्टार्सको लिग राउण्डका अन्तिम दुई खेल खेल्न भ्याउनेछन् । स्टार्सले फेब्रुअरी ८ मा ब्रिसबन हिट र फेब्रुअरी १० मा सिड्नी सिक्सर्सँग खेल्नेछ । उनको टोली मेलबर्न स्टार्स लिगमा ९ खेल खेल्दै ८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया