Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेटको यो वर्षको खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिता आउँदाे अगस्ट २१ देखि सेप्टेम्बर २१ सम्म चल्ने छ । सीपीएलका प्रमुख कार्यकारी अधिकृत पेट रशेलका अनुसार लिगका खेलहरु ट्रिनिडाड एण्ड टोबागो र गुयनामा हुने छ ।

सीपीएलको पछिल्लो संस्करणमा नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने खेलेका  थिए । जसमा उनी उत्कृष्ट इकोनोमिकल बलरसमेत बनेका थिए ।

४ दशमलव ५५ को इकोनोमीमा रन दिएका सन्दीपले ५ विकेटसमेत हात पारेका थिए । सीपीएलको मिति तोकिएसँगै अब खेलाडी अक्सनको तालिका पनि सार्वजनिक गरिने जनाइएको छ । त्यसपछि टिमहरुले खेलाडी रिटेन र रिलिज गर्न पाउने छन् ।

पछिल्लो सिजनमा सेन्ट किट्समा आवद्ध भएका सन्दीपको आउँदो संस्करणबारे कुनै निर्णय भएको छैन ।

तपाईको प्रतिक्रिया