Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपाल थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटमा उपविजेता बनेको छ । थाइल्याण्डसँग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको हो ।

तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । तर सो लक्ष्यलाई नेपालले पछ्याउन सकेन । नेपाल १७ ओभर २ बलमा ५१ रन मै  अलआउट भयो ।

ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा १ रन बनाएर आउट भइन् भने लगत्तै ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन् । पाँचौ ओभरमा प्रतियोगितामा उत्कृस्ट लयमा रहेकी सिता राना मगर पनि १३ रन (१७ बलमा १ चौका) बनाएर चनिडाको बलमा क्याच आउट हुन पुग्दा नेपाल ४.५ ओभरमा १५/३ को नाजुक अवस्थामा पुग्यो । त्यसपछि पनि विकेट जाने क्रम रोकिएन ।

रोमा थापा २ रन, सरिता मगर ५ रन तथा कप्तान रुबिना क्षेत्री ५ रन बनाएर आउट हुँदा नेपालको माथिल्लो क्रम पेभेलियन फर्कियो । नेरी थापा पनि १७ रन बनाएर आउट भइन्। नेरीको विकेटपछि करुना भण्डारी ४ रन तथा डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटिन पुग्यो । नेपाल १२ वर्षपछि पहिलो पटक सिनियर महिला टोली उपाधि नजिक पुगेको थियो । तर, उपाधिका लागि थाइल्याण्ड त्यसको बाधक बन्न पुग्यो ।

यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन । सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो । तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया