Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – तेश्रो अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको फाईनलमा थ्रिस्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

धनगढी रङ्गशालामा दिउँसो २ बजेपछि प्रतियोगिता सरु हुुनेछ । सेमिफाईनलमा विभागिय नेपाली पुलिसले सिएमजी संकट क्लबलाई पेनाल्टीमा ५–४ को अन्तरमा हराउँदै फाईनल पुगेको हो ।

थ्रिस्टार क्लबले मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टलाई २–० गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । पुलिसका कप्तान विक्रम धिमालले योजना अनुसार खेल्दै उपाधि जित्ने बताएका छन् ।

थ्रिस्टारका कप्तान विक्रम लामाले अपेक्षा गरेअनुसार नतिजा हासिल गरिरहेको बताउनुभयो । धनगढी रंगशालामा हुने फाइनल विजेताले २१ लख रुपैयाँ जित्नेछ । उपविजेताको भागमा १० लाख पर्नेछ ।

तपाईको प्रतिक्रिया