Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  सन् २०२२ मा कतारमा हुने विश्वकपमा सहभागी टिमको संख्या बढाउन विश्वका धेरै फुटबल संघले माग गरेको अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले जनाएको छ ।

फिफाका अध्यक्ष जियोनी इन्फान्टिन्होले कतार विश्वकपमा ३२ को सट्टा ४८ टिमका सहभागिताका लागि गरेको प्रस्तावमा प्रायःसबै फुटबल संघहरुले समर्थन गरेको फिफाले बताएको छ । सन् २०१७ मा फिफाले कतारलाई विश्वकपको आयोजनाको जिम्मा दिँदा नै २०२६ को विश्वकपमा टिमको संख्या बढाएर ४८ पुर्‍याउने बताएको थियो ।

तर फिफाको अध्यक्षमा निर्वाचित भएपछि इन्फान्टिन्होले २०२२ मा नै विश्वकपमा सहभागी टिमको संख्या बढाउनुपर्ने प्रस्ताव गरेका थिए । जसलाई सकारात्मक रुपमा लिइएको छ । फिफाका अनुसार अहिलेसम्म ६० देशले यो प्रस्तावमा सहमति जनाएको बताएको छ ।

तपाईको प्रतिक्रिया