Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  नेपाल थाईल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनलको खेलमा ईन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाईनल प्रवेश गरेको हो ।

यसअघि, बैंककमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १२० रन बनायो । नेपालका लागि सिता राना मगरले उकृष्ट ब्याटिङ गरिन् । अर्धशतक बनाउन चुकेकी सिता ४८ रनमा रन आउट भईन् ।

यस्तै इन्दु बर्मा रनमा ३७ अविजित रहिन् । काजल श्रेष्ठले १४ रन बनाईन् । प्रतियोगितामा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इन्डोनेसिया समूह बी को उपविजेता बनेको थियो ।

नेपाल फाइनलमा युएई र थाइल्याण्डबीचको बिजेतासंग खेल्नेछ । प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ए लाई ९ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया