Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपालले थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको पहिलो सेमिफाइनलमा इन्डोनेसियालाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।

बैंककमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १२० रन बनायो । नेपालका लागि सिता राना मगरले उकृष्ट ब्याटिङ गरिन । अर्धशतक बनाउन चुकेकी सिता ४८ रनमा रन आउट भईन् ।

यस्तै इन्दु बर्मा रनमा ३७ अविजित रहिन् ।  काजल श्रेष्ठले १४ रन बनाईन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इन्डोनेसिया समूह ‘बी’ को उपविजेता बनेको थियो ।

आज नेपाल इन्डोनेसियालाई हराउँदै फाइनल पुग्न चाहन्छ । इन्डोनेसिया पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । विजेताले फाइनलमा युएई र थाइल्याण्डबीचको बिजेतासंग खेल्नेछ ।

प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो  ।

तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया