Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  नेपालले थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा आज इन्डोनेसियाको सामना गर्दैछ ।

बैंककमा समूह ‘ए’ को विजेता बनेको नेपालले समूह ‘बी’ को उपविजेता इन्डोनेसियासंग खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल बिहान ८:१५ मा सुरु हुनेछ ।

आज नेपाल इन्डोनेसियालाई हराउँदै फाइनल पुग्न चाहन्छ । इन्डोनेसिया पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । विजेताले फाइनलमा युएई र थाइल्याण्डबीचको बिजेतासंग खेल्नेछ ।

प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो  । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया