Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – भारतले दोस्रो एकदिवसीयमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै शृंखला बराबर गरेको छ । २९९ रनको लक्ष्य पछ्याएको भारतले कप्तान विराट कोहलीको शतक मद्दतमा ४ बल बाँकी छँदै लक्ष्य पुरा गर्‍यो ।

भारतको जितमा कोहलीको शतकसँगै महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेले । ३९ औं एक दिवसीय सतक प्रहार गर्ने क्रममा कोहलीले ११२ बल खेल्दै ५ चौका र २ छक्कासहित १०४ रन बनाएका थिए । यो शतकसँगै कोहलीले सबैखाले क्रिकेटमा सर्वाधिक शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । उनले श्रीलंकाका कुमार सांगाकारालाई पछि पार्दै सबै खाले क्रिकेटमा ६४ शतक प्रहार गर्दै तेस्रो स्थाना उक्लिएका हुन् ।

कोहली भन्दा अगाडि भारतकै सचिन तेन्दुलकर (१००) र अष्ट्रेलियाका रिक्की पोन्टिङ (७१) दोस्रो स्थाना छन् । यस्तै भारतका लागि विजयी रन प्रहार गरेका धोनीले ५४ बल खेल्दै २ छक्कासहित नटआउट ५५ रन बनाए । अन्तिम ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको अवस्थामा धोनिले पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे र दोस्रो बलमा १ रन बनाउँदै भारतलाई जिताए । ओपनर रोहित शर्माले ४३ रन बनाउँदा शिखर धवनले ३२ र अम्बाटे राएडुले २४ रन जोडेका थिए ।

यसअघि एडेलेइडमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९८ रन बनाएको थियो । उसका लागि शन मार्सले शतक प्रहार गरेका थिए । मार्सले १२३ बल खेल्दै ११ चौका र ३ छक्काको मद्दतमा १३१ रन बनाएका थिए। ग्लेन म्याक्सवेलले ४८ रन बनाउँदा मार्कस स्टोनिसले २९ रन जोडेका थिए । बलिङतर्फ भारतका भुवनेश्वर कुमारले ४ विकेट लिँदा मोहम्मद सामीले ३ विकेट हात पारे ।

यो जितसँगै भारतले सिरिज १-१ को बराबरीमा ल्याएको छ । यसअघि पहिलो एकदिवसीय अष्ट्रेलियाले जितेको थियो । तेस्रो तथा निर्णायक एकदिवसीय खेल आगामी शुक्रवार मेलवर्नमा हुनेछ ।

तपाईको प्रतिक्रिया