Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगमा आज (मंगलबार) चौथो खेल खेल्दैछ ।

सिलेटमा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले कोमीला भिक्टोरियन्ससंग प्रतिस्पर्धा गर्दैछ ।  खेल नेपाली समय अनुसार बेलुका ६:१५ मा सुरु हुनेछ ।

भिक्टोरियन्सविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स दोस्रो जितको खोजीमा हुनेछ।  यस्तै सिक्सर्स भिक्टोरियन्ससंग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ  । पहिलो खेलमा सिक्सर्स भिक्टोरियन्ससंग ४ विकेटले पराजित भएको थियो ।

सन्दीपको टिम सिक्सर्स २ अंक जोडेर पाँचौ स्थानमा छ । भिक्टोरियन्स ४ अंक जोडेर चौथो स्थानमा छ ।

यस्तै बीपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीप तेस्रो खेलमा समेत सिक्सर्सको टिममा पर्ने सम्भावना रहेको छ ।

डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । दोस्रो र तेस्रो खेलमा भने सन्दीप विकेट बिहिन बनेका छन् ।

तपाईको प्रतिक्रिया