Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा आज युएईलाई ६ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो ।

युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन् । अर्की ओपनर काजोल श्रेष्ठले २५ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन् । डोली भट्ट ७ रनमा एलबिडब्लुको धरापमा परिन् । यस्तै कप्तान रूविना क्षेत्रीले अभिजित १० रन बनाउँदा नेरी थापा ६ रनमा नटआउट रहिन् ।

यसअघि बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । युएईका लागि छाया मुगालले ३१ तथा इशा ओजाले २८ रन बनाउँदा चमानी सिनेभिरात्ने अविजित २३ रन जोडेकी थिइन् । नेपालकी सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिएका थिए ।

यो सँगै लगातार तेस्रो खेल जितेको नेपाल सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसिया ६ विकेटले पराजित भएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया