Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा चीनलाई १० विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

थाइल्याण्डको बैंककमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा सिता राना मगरले अविजित २३ रन जोड्दा काजल श्रेष्ठले अविजित १४ रन जोडिन ।

यसअघि टस हारेर ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाउन सक्यो  । चीनका लागि झाङ चानले १३ रन जोडिन । चीनलाई सस्तैमा समेट्न नेपालका करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिईन् । सिता रानाको नाम एक विकेट रह्यो ।

 

जितसंगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले समूहमा २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार  मलेसियासंग खेल्नेछ ।

त्यस्तै सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया