Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा जाने भएका छन् । उनले साढे तीन वर्षका लागि मोनाकोसँग सम्झौता गरेका हुन् ।

आर्सनलका पूर्व टिममेट थिएरी हेनरीको प्रशिक्षणमा रहेको मोनाकोमा भएको आफ्नो अनुबन्धलाई फेब्रिगासले आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन् ।

फेब्रिगास सन् २०१४ मा बार्सिलोनाबाट चेल्सीमा अनुबन्ध भएका थिए । त्यसअघि उनी प्रिमियर लिगको अर्को क्लव आर्सनलमा सन् २००३ देखि २०११ सम्म बसेका थिए ।

मोनाकोले फेब्रिगासको पारिश्रमिक भने तोकेको छैन । यद्यपि उनको प्रदर्शनको आधारमा चेल्सीलाई बोनस उपलब्ध गराइनेछ ।

इंग्लिस फुटबलमा ५०१ खेल खेलेका फेब्रिगासले दुई पटक प्रिमियर लिग उपाधि, दुई पटक एफए कप उपाधि र एक पटक लिग कप उपाधि जितेका छन् ।

उनी रहँदा आर्सनलले सन् २००६ मा एफए कप जितेको थियो भने त्यही वर्ष च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासँग पराजित भएको थियो । सन् २०११ मा बार्सिलोनामा आबद्ध भएयता ला लिगा र क्लब विश्वकपसहित ६ उपाधि जितेपछि उनी पुनः इंग्लिस फुटबलमा फर्किएका थिए ।

उनी रहँदा चेल्सीले तीन वर्षको अवधिमा दुई प्रिमियर लिगको उपाधि जितेको छ ।

तपाईको प्रतिक्रिया