Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – हामीले खाएको खाना पचाउनका लागि पेटमा एसिड बन्न थाल्छ । यदि, अस्वस्थ खाना खाएमा पेटमा आवश्यकभन्दा बढी एसिड बन्न जान्छ । कुनै समय बढी खाने, भोकै रहने, फास्टफुड र मसलेदार खानाले पनि एसिडिटी बढाउने गर्छ ।

उपचार विधि
-एसिडिटीको समस्याबाट बच्न तुलसीको पाउडर, ज्वानोको झोल र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खान सकिन्छ ।
-अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ ।
-एलोभेराको जुस पनि एसिडिटीको औषधि बन्न सक्छ ।
-पुदिनाको पातलाई उमालेर पिउँदा एसिडिटीको समस्याबाट जोगिन सकिन्छ ।
-एसिडिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन पनि सक्नुहुन्छ ।
-मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
-एसिडिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सक्नुहुन्छ ।
-पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ ।
-एक गिलास मनतातो पानीमा थोरै खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिएमा पनि एसिडिटीबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया