Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनए नमुनाका लागि वारेन्ट जारी गरेको छ।

अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले लगाएको बलात्कार आरोपमा रोनाल्डोमाथि लस भेगास प्रहरीले अनुसन्धान गरिरहेको छ । आरोपबारे सत्य तथ्य छानबिनका लागि डिएनएको नमुना आवश्यक परेको प्रहरीले जनाएको छ ।

३३ वर्षीय रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका छन् । लस भेगास प्रहरीको वारेन्ट इटालीको अदालती संरचनामार्फत पठाइएको हो ।

रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् ।  पूर्व मोडल मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । तर रोनाल्डोले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया