काठमाडौँ – फ्रान्सको पेरिसमा रहेको न्युडिस्ट रेस्टुरेन्ट (नांगै खाना खान पाउने रेस्टुरेन्ट) ओ’नेचुरल बन्द हुने भएको छ । आउँदो महिना रेस्टुरेन्ट बन्द हुने भएको हो । यो रेस्टुरेन्ट १५ महिनाअघि खुलेको थियो ।
सन् २०१७ मा रेस्टुरेन्ट खोल्ने बेला सहसंस्थापक स्टेफानु साडाले आफूहरुले लुगा बिहीन प्रेमि अर्थात नग्नता प्रेमिहरुका लागि ग्यास्ट्रोनोमी अर्थात पाक तथा खानपान कला उत्कृष्ट रुपमा प्रस्तुत गर्न चाहेको बताएका थिए ।
अहिले रेस्टुरेन्टले आफ्नो वेबसाइटमा बन्द गर्नु पर्ने बेला आएको उल्लेख गरेको छ ।
स्टेफानु र उनका जुम्ल्याहा भाइ तथा साथी व्यवसायी माइकले सेवाग्राही पर्याप्त नभएकाले बन्द गर्नु पर्ने अवस्थामा आएको उल्लेख गरेको द गार्जियनले जनाएको छ ।
यस्तै मौसम चिसो भएका कारण पनि रेस्टुरेन्ट बन्द हुन लागेको हो ।