Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो ।

खेलको २७ औं मिनेटमा टोटनह्यामका ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।

जितसँगै टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लेगको खेलपूर्व चेल्सी दबाबमा आएको छ ।

दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन चेल्सीको मैदानमा हुनेछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज राति म्यान्चेस्टर सिटी र बुर्टन आल्बियोन भिड्नेछन् ।

तपाईको प्रतिक्रिया