Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो भएको संकटा क्लब अन्तिम खेलमा पराजित भएको छ । संकटालाई लिगको अन्तिम खेलमा सशस्त्र प्रहरी बलले २–१ गोलले हराएको हो ।

२४ मिनेटमा सशस्त्रले खेलमा अग्रता लियो । सशस्त्रका लागि युवराज खड्काले गोल गरे । उनले संकटाले काउन्टर आक्रमणमा लगेको बल मध्यबाट खोसेर अघि बढाएका थिए । खड्कालाई रोक्ने संकटाका डिफेन्डर र गोलकिपर असफल भए । ७१ मिनेटमा संकटाले दोस्रो गोल गर्‍यो । राजेन्द्र रावलको फ्रिकिकमा राजन गुरुङले हेडमार्फत गोल गरेका थिए ।

६ मिनेट थपिएको इन्जुरी टाइममा संकटाले गोल फर्कायो । इन्जुरी टाइमको इन्जुरी टाइममा लक्ष्मण रुचालले फ्रिकिकमा गोल गरेका थिए। तर त्यतिबेला सम्म संकटालाई खेलमा फर्कन ढिला भइसकेको थियो । योसँगै सशस्त्रले १३ खेलबाट २३ अंक जोडेर पाँचौ स्थानमा रहँदै लिग अन्त्य गर्यो । दोस्रो स्थानको संकटाले २८ अंक जोड्यो । अब लिगको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स तथा एनआरटी र ब्रिगेड व्बाइजबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया